थप समाचारबिहीबार, जेठ १५, २०७१
२५ तोला सुन चोरेर भागेकी महिला पक्राउ
पाल्पाको मिसन अस्पतलाका चिकित्सकको घरबाट सुनका २५ तोला गरगहना चोरेर फरार भएकी मञ्जु सुनारलाई प्रहरीले पश्चिम लमजुङको विकट भोँजेबाट पक्राउ गरेको छ । उनलाई चोरीको सुनसहित आफन्तको घरमा बसेका बेला प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी सुनार मिसन अस्पतालका चिकित्सक सावना शर्माको घरेलु काम गर्थिन् । जिल्ला प्रहरी कार्यालय पाल्पा र लमजुङको समन्वयमा भएको अनुसन्धान पश्चात उनलाई सुन सहित पक्राउ गर्न सकिएको प्रहरी निरीक्षक ईन्सपेक्टर राजु पाण्डेले जानकारी दिए ।
प्रहरीले चोरी भएको आधा भन्दा बढी सुन सुनारका साथबाट बरामद गरेको छ । उनले केही सुन विक्री गरिसकेको प्रहरीलाई बताएकी छन् ।
उनलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पाल्पा पठाईएको छ ।
युवराज श्रेष्ठ, लमजुङ
