समाचारशुक्रबार, जेठ १६, २०७१
बजेट अधिवेशन शुरु, एमाओवादी र राप्रपा नेपालको बिरोध
व्यवस्थापिका संसदको बजेट अधिवेशन १६ जेठदेखि शुरु भएको छ । संविधानसभा भवन नयाँबानेश्वरमा बसेको बैठकमा सभामुख सुवास नेम्बाङले राष्ट्रपति रामबरण यादवले पठाएको पत्र पढेर सुनाए ।
तर, पत्र पढेर सुनाए बित्तिक्कै एमाओवादी र राप्रपा नेपालका सभासदले बिरोध जनाए । उनीहरुको बिरोधपछि संसद दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ ।
एमाओवादीले संविधानसभा निर्वाचनका विषयमा छानबीन गर्न संसदीय समिति नबनाएसम्म संसद चल्न नदिने अडान लिएको छ । राप्रपा नेपालले भने सरकारले ठूलो रकम रकमान्तर गरेको भन्दै बिरोध जनाएको छ ।
