समाचारशुक्रबार, जेठ १६, २०७१
एमाले संसदीय दलको बैठकमा सरकारको आलोचना
१६ जेठमा सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा एमाले नेताहरुले मन्त्रालयबाट जथाभावी खर्च रोक्न नसकेकोमा सरकारमा गएका आफ्ना मन्त्रीहरुको आलोचना गरेका छन् ।
बैठकमा पार्टी उपाध्यक्ष एवम् उपप्रधानमन्त्री बामदेव गौतमलगायत अन्य मन्त्रीहरु सहभागी नभएकोमा समेत नेताहरुले आपत्ति जनाए।
पार्टीमा उठेका विषय सरकार समक्ष पुर्योउनुपर्ने मन्त्रीहरु छलफलमा सहभागी नभएकोमा उनीहरुको चर्को आलोचना भएको नेता भिम रावले बताए।
त्यसैगरी बैठकले सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्न लागिएको बजेटमा न्यायोचित वितरण गर्न मागसमेत गरेको छ ।
सरकारले ल्याउन लागेको बजेटमा एमालेसँग छलफल नगरिएको, सहमतिको सरकार भए पनि कांग्रेसले एकलौटी रुपमा सरकार चलाइरहेको र त्यसमा एमाले नेताहरुले सन्तुलन मिलाउन नसकेको भन्ने बारेमा बैठकमा चर्चा भएको थियो ।
दलको अर्काे बैठक आजै बस्ने छ ।
