समाचारशुक्रबार, जेठ १६, २०७१

आयल निगमका पदाधिकारीसहित २० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालखबर

अख्तियारले बोनस वितरणमा अनियमितता गरेको आरोपमा आयल निगमका तीन कार्यकारी निर्देशकसहित २० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले १६ जेठमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्याल, तत्कालीन निमित्त कार्यकारी निर्देशकहरु सुरेशप्रसाद अग्रवाल र शिवप्रसाद पुडासैनीविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार निगमका निर्देशक नागेन्द्र साह, प्रबन्धकहरु क्मलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले, उपनिर्देशक शरदप्रसाद पौडेल, सुशील भट्टराई, उपप्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदीपमान बसी र वरिष्ठ सहायक देवीप्रसाद न्यौपाने विरुद्ध पनि मुद्दा दायर भएको छ ।

यस्तै, अख्तियारले तत्कालीन नायव कार्यकारी निर्देशक जयराज आचार्य, तत्कालीन निमित्त नायव कार्यकारी निर्देशक मुकुन्दप्रसाद ढुंगेल, तत्कालीन निर्देशकहरु भुवनेश्वर राजभण्डारी, रमेशचन्द्र कोइराला र मोहनकुमार कार्की, प्रबन्धकहरु कुमारविक्रम कार्की, सुभाषचन्द्र दाहाल र कर्मचारी शिवप्रसाद अधिकारी विरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुले निगमका कर्मचारीलाई बोनस वितरण गरेर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

अख्तियारले जारी गरेको विज्ञप्ती लेखिएको छ, “आर्थिक वर्ष २०६६/०६७ को अन्त्यमा करिब ११ अर्ब ४४ करोड ऋण तिर्न बाँकी हुँदाहुँदै बोनस वितरणको लागि सरकारको कुनै निकायबाट स्वीकृति प्राप्त नभएकै अवस्थामा गैह्रकानूनी निर्णय गरी १ करोड ७२ लाख ५८ हजार ४०५ रुपैंया ४१ पैसा बोनस वितरण गरी निमगलाई हानी नोक्सान पुर्‍याएको देखिएकाले उक्त कार्यमा संलग्न विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>