समाचारशुक्रबार, जेठ १६, २०७१

संसदमा एमाओवादी अवरोध

हिमालखबर

प्रमुख प्रतिपक्षी दल एमाओवादीले संविधानसभा निर्वाचनका विषयमा छानबीन गर्ने सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै बिरोध जनाएपछि व्यवस्थापिका संसद बैठक अवरुद्ध भएको हो । १६ जेठदेखि शुरु भएको बजेट अधिवेशनमा सभामुख सुवास नेम्बाङले राष्ट्रपति रामबरण यादवले पठाएको पत्र वाचन गरेलगत्तै एमाओवादी, राप्रपा नेपाल लगायतका दलले अवरोध गरेका हुन् ।

एमाओवादी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत् प्रमुख तीन दलबीच भएको चारबुँदे सहमतिको पालना गर्न सत्तारुढ दल कांग्रेस र एमाले उदासिन रहेको आरोप लगाए । उनले संविधान निर्माण र सरकार गठनको बाटो खोल्नका लागि भएको चारबुँदे सहमति कार्यान्वयन भए सरकार काम कारबाही एकलौटी ढंगबाट अघि बढ्न नसक्ने चेतावनी दिए ।

उनले भने, “सरकारले रोलक्रम अनुसार बढुवा नगरेर प्रहरीका उच्च अधिकारी सरुवा बढुवामा अनियमितता भएको छ, त्यसबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दछु ।” उनले पर्यटन बोर्डमा आन्दोलन चलिरहेको पनि समस्या समाधानमा सरकारले चासो नदेखाएको भन्दै सरकारको आलोचना गरे ।

बैठकमा राप्रपा नेपालका सभासदले सरकारले मनलाग्दी रकामान्तर गरेको भन्दै बिरोध जनाए । १६ जेठको संसद बैठकमा बजेटबारे पूर्व छलफल गर्ने कार्यसूची थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>