समाचारशनिबार, जेठ १७, २०७१
जडीबुटी बोकेका ८ ट्रक प्रहरी नियन्त्रणमा
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान तथा नियन्त्रण सहयोग प्रहरीले कैलालीको अत्तरियाबाट से १ ख ८२८, ना ३ ख ३१९४, ना ३ ख ९३८२, ना ३ ख ५४६२, ना ३ ख ४४६३, ना ३ ख ६९०४ ना ३ ख ६७१३ र ना ३ ख १०८ नम्बरका जडीबुटी लोड गरेका ट्रक नियन्त्रणमा लिएको हो ।
रिठ्ठा, हलहले, सुगन्धवाल, पाखानबेद लगायतका जडीबुटीको छुटपूर्जी लिएको भएपनि ट्रकमा अन्य जडीबुटी भएको सूचनाका आधारमा नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला वन कार्यालय बा“के पठाएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
बझांग र बैतडीबाट जडीबुटी लिएर आएका ट्रक प्रहरीले नियन्त्रणापछि जिल्ला वन कार्यालय कैलाली पठाएको थियो ।
कैलालीका वन अधिकृत मुरारीप्रसाद पोखरेलले आकस्मिक बाहेक गन्तब्य स्थलमा मात्र ट्रकको सिल खोलेर अनुसन्धान गर्ने प्रावधान अनुसार नेपालगन्ज सम्मको छुटपूर्जी भएका ट्रकलाई बा“के पठाइएको बताए ।
ट्रकहरुले अहिले बाँके जिल्ला प्रहरीको नियन्त्रणमा छन् ।
बाँके प्रहरी प्रमुख शेखर कोइरालाले साँझ अबेर पुगेका ट्रकको अनुसन्धानपछि मात्र थप जानकारी दिन मिल्ने बताए ।
तर बा“के पुगेका ट्रकको अनुसन्धान ढिलो गरी बाँके प्रहरी र वनले चलखेल गर्नथालेको आशंका भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका एक अधिकृतले बताएका छन् ।
तुफान न्यौपाने, नेपालगन्ज
