थप समाचारशनिबार, जेठ १७, २०७१
कौडाको खालबाट नेतासहित सात जुवाडे पक्राउ
प्रहरीले सप्तरीबाट नेपाली जनता दलका जिल्ला अध्यक्ष गुलाब यादव, बसबिट्टी–७ का विद्यानन्द ठाकुर, श्याम दास, महदेवा–७ का भागवत अधिकारी, पातो–४ का डोमी मुखिया, मलेठ–६ का राकेश दास र विजयकुमार दासलाई जुवाको खालबाट १६ जेठ साँझ पक्राउ गरेकोे छ ।
जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले छापा मारेर १६ थान कौडा, नगद एक लाख तीन हजार ६८४ रुपैयाँ, ६ थान मोबाइल, दुईवटा मोटरसाइकल र दुईवटा साइकल बरामद गरेको प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
उनीहरुलाई जुवा ऐन, २०२० अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।
रासस
