समाचारआइतबार, जेठ १८, २०७१
गुटबन्दीले पार्टी र देशको हित गर्दैनः अध्यक्ष खनाल
काठमाडौंको दुइ नम्बर निर्वाचन क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा १८ जेठमा बोल्दै एमाले अध्यक्ष खनालले आगामी अधिवेशनका लागि अहिले विभिन्न समूहबाट उम्मेदवारी घोषणा भए पनि महाशिवेशनमा एकताका साथ नेताहरू प्रस्तुत हुने विश्वास व्यक्त गरेका छन् ।
खनालले भने, “गुटबन्दीले पार्टी र देशको हित गर्दैन, महाधिवेशनको थलोमा गएपछि के कुन पदमा भन्ने थाहा हुन्छ र एकताका साथ नेतृत्व चयन हुनेछ ।”
उनले महाधिवेशनका लागि प्रस्तुत गरिने दस्तावेजमा एकता भइसकेकाले नेतृत्वमा पनि सहमति हुने दाबी गरे ।
