समाचारआइतबार, जेठ १८, २०७१
पार्टी संगठित बनाउन उम्मेदवारीः नेता नेपाल
एमाले नेता नेपालले पार्टीलाई संगठित रुपमा अगाडि बढाउन उम्मेदवारी दिएको बताएका हुन् । विराटनगर विमानस्थलमा १८ जेठमा पत्रकारसँग कुरा गर्दै उनले प्रतिस्पर्धाबाट डराउनेले आफ्नो उम्मेदवारीलाई असंवैधानिक भनी प्रचारप्रसार गरेको आरोप लगाए ।
पार्टीका शीर्ष नेताबीच सहमति भए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा आफूले सोच्न सक्ने उनको भनाइ छ । उनले भने, “नयाँ पुस्ताको उम्मेदवारी नपरेकाले मैले उम्मेदवारी दिएको हो ।”
पार्टीको महाधिवेशनमा एउटा बिन्दुमा गएर सबै पदका लागि सर्वसम्मतको प्रयास गर्नुपर्नेमा उनले जोड दिए ।
रासस
