समाचारआइतबार, भाद्र २४, २०६९
हात-खुट्टा बाँधेर कुर्सीमा राखेकाले काम गर्न सकिनँ: प्रधानमन्त्री
२४ भदौमा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन गर्दै भट्टराईले आफूलाई काम गर्न खोज्दा पनि नदिइएको दाबी गरे । संसद् नभएको बेला नागरिकको अपेक्षा अनुसारको काम गर्न खोज्दा नियम कानूनका नाममा रोकिएको भन्दै भट्टराईले असन्तुष्टी जनाएका हुन् ।
भट्टराईले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसमा आफ्नी आमा स्वर्गीय धर्मकुमारी भट्टराईको नाममा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरे । उनले अक्षयकोषबाट आम्दानी कम भएका र जेहेन्दार छात्रालाई शिक्षामा सहयोग गर्ने बताए ।
