समाचारआइतबार, जेठ १८, २०७१

दुई महिनासम्म पनि ट्रक मालिक पत्ता लागेन

हिमालखबर

गत २६ चैतमा अर्घाखॉचीको दोबाटा–६ सिद्धारामा अवैध काठसहित ट्रक फेला परे पनि अहिलेसम्म न त काठ तस्कर भेटिएका छन् न ट्रक मालिक न त तस्करी कस्ले गर्‍यो भन्ने फेला परेको छ ।

दोवाटा रेञ्जपोष्ट र सशस्त्र प्रहरी भालुवाङ्गले २४२ क्युफिट सालको चिरान काठ बोकेको ना २ ख ८९७० नम्वरको ट्रक पक्राउ गरी जिल्ला वन कार्यालय अर्घाखॉचीलाई बुझाएको थियो । दुई महिनासम्म पनि गाडी मालिक, चालक पत्ता नलाग्नु पछाडि अन्य कारण हुन सक्ने स्थानीय वासिन्दाले आशङ्का गरेका छन् ।

जिल्ला वन कार्यालय अर्घाखॉचीका प्रमुख कृष्णप्रसाद ढकालले ट्रक मालिकबारे पत्ता लगाउन वीरगन्ज यातायात कार्यालयलाई पत्रचार गरे पनि जवाफ आइनसकेको बताए ।

अर्घाखाँचीमा वन विनस तिव्र हुँदै गएपछि स्थानीय वासिन्दा चिन्तित् भएका छन् ।

प्रेमनारायण आचार्य, अर्घाखॉची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>