समाचारआइतबार, जेठ १८, २०७१
जंगलमा लुकाइराखेको ९ किलो बिष्फोटक पदार्थ फेला
जाजरकोटको दह गाविस– १ निपानेको जंगलमा लुकाएर राखेको ९ किलो बिष्फोटक पदार्थ १८ जेठमा प्रहरीले फेला पारेको छ ।
स्थानीय व्यक्तिको सूचनाको आधारमा जंगलमा खाडलमा राखिएको अवस्थामा बिष्फोटक पदार्थ भेटिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
तर भेटिएको बिष्फोटक पदार्थ भए पनि कस्तो विष्फोटक हो र कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको उनले बताएका छन् ।
राजेन्द्र कार्की, जाजरकोट
