थप समाचारसोमबार, जेठ १९, २०७१

राष्ट्रपतिको अभिव्यक्ति आपत्तिजनकः ज्ञवाली

हिमालखबर

एमाले प्रचार विभाग प्रमुख ज्ञवालीले सरकार गठनको बेला कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिको विरुद्ध राष्ट्रपति यादवले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । रिपोर्टर्स क्लबले १९ जेठमा गरेको कार्यक्रममा उनले राष्ट्रपतिले सातबुँदे सहमति विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएर राजनीति गर्न खोजेको आरोप लगाए ।

“सरकार गठन हुँदा सातबुँदे सहमति मान्ने अहिले आएर त्यसको विरुद्ध बोल्ने ?,” उनले भने, “संवैधानिक राष्ट्रपतिले संविधान अनुसार बस्ने हो, दलीय सहमतिलाई लिएर बोलेर राजनीति गर्ने होईन, राष्ट्रपतिले यो राम्रो गर्नु भएन ।”

उनले सातबुँदे सहमति तत्काल कार्यान्वयन गरेर संविधानसभाबाट राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गर्नुपर्नेमा जोड दिए । “सातबुँदे अनुसार सुशील कोइराला प्रधानमन्त्री बन्ने, सुवास नेम्बाङ सभामुख हुने अनि अहिले आएर त्यसको विपक्षमा उभिन ठिक भएन,” उनले बताए ।

सरकार कमजोर र सुस्त भएको भन्दै उनले संयूक्त सरकारको अवधारणा अनुसार सरकार चुस्त दुरुस्त रुपमा अघि बढ्नुपर्ने बताए । उनले भने, “अहिले नै सरकारको विकल्प खोज्ने स्थितिमा भने एमाले पुगेको छैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>