थप समाचारसोमबार, जेठ १९, २०७१

३९ चुरोट कम्पनीले बट्टामा राख्दैनन्– क्यान्सरको चित्र

हिमालखबर

-देबकी बिष्ट

सुर्तीजन्य पदार्थ उत्पादन गर्ने ४६ कम्पनीमध्ये ३९ वटाले कानूनी प्रावधान विपरित सुर्तीजन्य पदार्थ बिक्री वितरण गरिरहेको फेला परेको हो । सर्वोच्च अदालतले १४ पुस २०७० मा खैनी, चुरोट, गुट्खा, बिडी लगायत सुर्तीजन्य उत्पादनको बट्टाको ७५ प्रतिशत भागमा क्यान्सरले फोक्सो कुहिएको रंगीन चित्र राख्नुपर्ने फैसला सुनाएको थियो ।

सरकारले लागू गरेको यो प्रावधान ३९ वटा चुरोट कम्पनीले उल्लंघन गरिरहेको फेला परेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए । एक्सन नेपालले सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीको अनुसन्धान गरेपछि १९ जेठमा कानूनी विपरित बिक्री बितरण गर्ने कम्पनीको सूची सार्वजनिक गरेको हो ।

अध्ययनको क्रममा सात वटा कम्पनीले भने कानूनी प्रावधान लागू गरेको भेटिएको चन्दले जानकारी दिए ।

अध्ययनका अनुसार सुर्य पोलर आइस, शिखर फिल्टर किंग्स, शिखर मेन्थोल, सुर्य लाइट्स, सुर्य लक्जरी किंग्स (स्माल), बिजुली, शिखर फिल्टर किंग्स (स्माल), जोश, पाइलट फिल्टर सिगरेट्स (स्माल), पाइलट फिल्टर सिगरेट (बिग), खुकुरी फिल्टर (स्माल), म्याट्रिक्स प्रिमियम फिल्टर किंग्स, शिखर लाइट, सुर्य २४ क्यारेट लाइट्स र सुर्य लेजेन्ड कम्पनीले कानूनी प्रावधान विपरित चुरोट बिक्री गरिरहेका छन् ।

लाइक रेडिमेड खैनी, पराग गुड्खा, गोल्ड शुद्ध प्लस गुड्का, जिट खैनी, नितेश बिडी, एसआर सुपर रिचार्ज, जी ताइयार सुगन्धित खैनी र चइनी खैनीले पनि कानूनी विपरित उत्पादन बिक्री गरिरहेको पाइएको चन्दले जानकारी दिए ।

यस्तै, कानून विपरित सुर्ती बिक्री गर्ने कम्पनीमा सेभेन स्टार नम्बर वान केशरानी सुर्ती, राज छाप खैनी, सुप्रिम पान पराग गुट्खा, राजश्री गुट्खा, भोला गोल्ड गुट्खा र तुल्सी रोयल लाफ्रनी लार्ड रहेको अध्ययनबाट देखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>