थप समाचारसोमबार, जेठ १९, २०७१
बस दुर्घटनामा २ को मृत्यु, ४१ घाइते
काठमाडौंबाट धरानका लागि छुटेको बस १९ जेठमा चितवनको रामनगरमा दुर्घटना भएको हो । दुर्घटनामा परी बसका चालक उदयपुर भैंखु–१ घर भएका सुरेश थापा मगर र सुनसरी डुमरवानाका शम्भुनारायण चौधरी छन् ।
दुर्घटनामा ४१ ज्ना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ । तीब्र गतिमा रहेकाले बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सविता श्रेष्ठ, चितवन
