समाचारसोमबार, जेठ १९, २०७१
प्यूठानका तीर्थयात्रु चढेको बस दुर्घटना, १० को मृत्यु
तीर्थयात्राबाट फर्कदैं गरेको बस प्यूठानको गोडिबाङ लामाचौरमा १९ जेठमा दुर्घटना भएको हो । बस सडकबाट ७५ मिटर तल माडीखोलातर्फ खसेको प्रहरीले जनाएको छ ।
प्यूठानका प्रहरी प्रमुख दीपक रेग्मीमा अनुसार दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । ४५ जना घाइते रहेको उनले बताए । अझै केही फसिरहेको हुनसक्ने प्रहरीको अनुमान छ ।
स्वर्गद्वारीबाट कपिलवस्तु फर्कने क्रममा लु १ ख ३८०३ नम्बरको बस दुर्घटना भएको हो । बसमा भारतीय तीर्थयात्रु सवार थिए । मृतकको सनाखत हुन नसकेको प्यूठानका प्रहरी प्रमुख रेग्मीले बताए ।
विजयसिंह भारती, प्यूठान
