थप समाचारमंगलबार, जेठ २०, २०७१

किशोरी अवस्थामै पाठेघर खस्न थाल्यो

हिमालखबर

जाजरकोटका आठवटा गाविसमा बहुआयामिक अध्ययन तथा विकास मञ्चले गरेको सर्वेक्षणमा पाठेघर खसेकामध्ये २० वर्षमुनिका किशोरीको सङ्ख्या कुल सङ्ख्याको आधा भएको पाइएको छ ।

त्यस्तै सर्वेक्षणले ४८ प्रतिशत महिलामा यो समस्या भएको देखाएको छ । एक हजार २०० महिलामा  सर्वेक्षण गरिएको रामविक्रम शाहले जानकारी दिए जसमध्ये २० वर्षमुनिका २२५ किशोरी छन् ।

“कतिपय अविवाहित किशोरीको समेत पाठेघर खसेको छ,” अध्यक्ष शाहले भने । पोषणयुक्त खानाको अभाव, गाह्रो भारी बोक्नुपर्ने, अत्यधिक श्रम, गर्भवती र सुत्केरी अवस्थामा हेरचाह नहुनु, सानै उमेरमा विवाह, असुरक्षित यौनसम्पर्कजस्ता कारणले पाठेघर खस्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

अनुसन्धानका क्रममा पतिको कुटाइ, घरेलु हिंसाका कारण पनि पाठेघर खसेको पाइएको छ । गरिबी, अशिक्षा र कथित लज्जाका कारण पनि पाठेघर खसेका महिलाको समयमा उपचार हुन पाउँदैन ।

समस्या अत्यधिक भएर खपी नसक्नु भएपछि मात्रै उपचारको खोजी गर्ने कारणले पनि यस क्षेत्रमा पाठेघर खस्ने समस्या विकाराल बन्दै गएको महिला अधिकार मञ्चका अध्यक्ष शोभा सिंहले बताइन् ।

केड नेपालको सहयोगमा महिला अधिकार मञ्च र बहुआयामिक विकास तथा अध्ययन मञ्चले तीन वर्षदेखि महिलाहरूको पाठेघर खस्ने समस्या सम्बन्धमा काम गरिरहेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>