समाचारमंगलबार, जेठ २०, २०७१

संवैधानिक समितिमा को कति दिन गयल ?

हिमालखबर

संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको १० दिन चलेको बैठकमा एक दिन पनि गयल नहुने नेताहरूमा अमरेशकुमार सिंह, गोपाल दहित, डिम्पलकुमारी झा, जितबहादुर दर्जी गौतम, दिलनाथ गिरी, प्रेमबहादुर सिंह र विश्वेन्द्र पासवान छन् ।

बैठकमा एमाले नेता केपी शर्मा ओली एक दिन पनि हाजिर भएका छैनन् । नेता ओलीको केही महिना यता उपचार चलिरहेको छ ।

काँग्रेस उपसभापति रामचन्द्र पौडेल एक दिन मात्रै बैठकमा उपस्थिति भएको समितिको हाजिरी पुस्तिकमा उल्लेख छ । काँग्रेस नेतृ सुजाता कोइराला, शिक्षा मन्त्री चित्रलेखा यादव, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र शिवकुमार केवट जम्मा दुई पटक बैठकमा उपस्थित भएका छन् ।

यस्तै तीन पटक मात्रै बैठकमा सहभागी नेताहरूमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, शशांक कोइराला, विद्यादेवी भण्डारी, मोहम्मद जाकिर हुसैन र निर्जला राउत छन् ।
महेन्द्र राय यादव र मेघराज नेपाली(निषाद) बैठकमा चार पटक उपस्थित भएका छन्

पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधव नेपाल, उपेन्द्र यादव, वामदेव गौतम, अर्जुननरसिंह केसीले १० मध्ये पाँच बैठक सहभागिता जनाएका छन् ।

समितिका सभापति बाबुराम भट्टराई बैठकमा नौ दिन उपस्थित भए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>