समाचारबुधबार, जेठ २१, २०७१

संविधानसभा भवन अगाडि शंकास्पद वस्तु

हिमालखबर

काठमाडौंको नयाँ बानेश्वरस्थित संविधानसभा भवनको ३ नम्बर गेट अगाडि नक्कली प्रेशरकुकर बम भेटिएको छ ।

२१ जेठ विहान भेटिएको शंकास्पद वस्तु बम भएको हुन सक्ने आशंकामा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली बम भएको पुष्टी गरेको हो । प्लस्टिकको झोलामा पोको पारिएको वस्तु बम नभएर प्रेसर कुकर र तार मात्र फेला पारेको सेनाले जनाएको छ।

नागरिकलाई आतंकित पार्न बम जस्तो बनाएर राखिएको प्रहरी प्रभाग बानेश्वरका डिएसपी रमेशकुमार तामाङले जानकारी दिए ।

प्रेशरकुकर भेटिएको ठाउँ नजिकै ‘दलित मुक्ति फोर्स’ को पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ।
बम रहेको आशंकामा बिहानै त्यस क्षेत्रमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । अहिले त्यसक्षेत्रको अवस्था सामान्य भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>