समाचारबुधबार, जेठ २१, २०७१

मधेशवादी दलको भूमिका समाप्त: जेपी गुप्ता

हिमालखबर

२१ जेठमा  बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा तराइमधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले अहिले मधेशको माग सम्बोधन गर्न आफ्नो संगठनलाई वैचारिक रुपमा बलियो बनाउने काम भइरहेको बताएका छन् । अहिलेका मधेशकेन्द्रित दलहरुबाट समस्याको समाधान हुन नसक्ने गुप्ताको जिकिर छ ।

उनले आफू अखण्ड नेपालको पक्षधर र सशस्त्र विद्रोहको विरुद्धमा रहेको बताउदै शान्तिपूर्ण ढङ्गले मधेसको माग पूरा हुनुपर्ने बताएका छन् ।

राज्यको रुपान्तरण वैज्ञानिक ढङ्गले हुनुपर्ने भन्दै गुप्ताले तराईका १६ जिल्लामा आफ्नो सङ्गठन निर्माण भइसकेको जानकारी दिँदै विचारबिनाको प्रतिबद्धताले दिगोरुप नलिने भएकाले कार्यकर्तामा प्रशिक्षण कार्यक्रम शुरु गरेको जानकारी दिए ।

उनले नयाँ संविधानमा मधेशी जनताको आधारभूत माग पूरा हुनुपर्ने भन्दै नभए बाध्यकारी अवस्थामा सशक्त आन्दोलन गर्ने धम्की समेत दिएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>