थप समाचारबुधबार, जेठ २१, २०७१

श्रीमतीलाई जिउँदै जलाउन खोज्ने प्रहरी पक्राउ

हिमालखबर

सशस्त्र प्रहरी औद्योगिक दस्ता नेपालगन्जमा कार्यरत प्रहरी जवान मनोज बाल्मिकीले रक्सी सेवन गरी श्रीमती अमृता बाल्मिकीलाई कोठामा बन्द गरी जीउमा मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेका थिए । परसपुर–७ बस्ने २४ वर्षीया अमृतालाई उनका पतिले मट्टितेल छर्की जलाएर मार्ने प्रयास गरेका हुन् ।

श्रीमान्ले जीउमा मट्टितेल खन्याएपछि छिमेकीलाई गुहार लगाएकी अमृतालाई स्थानीयवासीले बचाएकोस्थानीय रुबी खानले जानकारी दिइन् ।

श्रीमान्को कुटाइ र मट्टितेलको गन्धका कारण बेहोस बनेकी अमृताको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगो लगाउने प्रयास गर्ने श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>