समाचारबुधबार, जेठ २१, २०७१

नयाँ विमान १ असारदेखि उडाऊ: अख्तियार

हिमालखबर

आयोगले २१ जेठमा विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहाप्रबन्धक, नेपाल वायुसेवा निगमका महानिर्देशकसहितको उच्च पदाधिकारी सम्मिलित बैठकले आयोगका पदाधिकारीसमक्ष आगामी १ असारदेखि उडान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको र सोहीअनुरुप उडान हुनेमा आयोग विश्वस्त रहेको जनाएको छ ।

१ असारदेखि उडान नभएमा सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाई आयोगबाट थप अनुसन्धान शुरु गरिने आयोगले चेतावनी दिएको छ ।

समयमा उडान नियमन एवम् व्यवस्थापन गर्न नसक्दा हवाइ सेवाग्राहीले सेवा सुविधा उपभोग गर्नबाट वञ्चित हुनुपरेको, निगमले दैनिक लाखौंको घाटा बेहोर्नुपरेको उजुरी तथा जनगुनासो आएपछि आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

गत १४ वैशाखमा चीनबाट नेपाल ल्याइएको एमए– ६० विमानको पटक÷पटक उडान तालिका स्थगन हुँदै आएपछि अख्तियारले १ असारदेखि उडान शुरु गर्न निर्देशन दिएको हो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>