समाचारबुधबार, जेठ २१, २०७१

विपक्षीद्वारा संसद् बैठक अवरुद्ध

हिमालखबर

सरकारले बजेट रकमान्तर गरी जथाभावी खर्च गरेको, चारबुँदे सहमति कार्यान्वयनमा सरकार अग्रसर नभएको, बेपत्ता छानबिन आयोगमा मधेशलाई उपेक्षा गर्न खोजिएको भन्दै सदनमा विपक्षी दलका सभासद्हरूले सदनमा विरोध जनाएका छन् ।

बैठकमा एमाओवादीका सभासद अग्निप्रसाद सापकोटाले प्रमुख विपक्षी दललगायत अन्य दलका नेता बैठक खुलाउन निरन्तर लागेको र चारबुँदे सहमति भइसक्दा पनि सरकारले कार्यान्वयनमा बेवास्ता गर्नु अलोकतान्त्रिक भएको बताए ।

बजेट रकमान्तरले जथाभावी खर्च बढेको, प्रहरी अधिकारीको बढुवाका लागि आर्थिक चलखेल भएको र विपक्षीले सदनको अवरोध खुलाउन पहल गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै सापकोटाले सरकारको लाचारीले सिङ्गो सदनको बेइज्जत भएको दाबी गर्दै सदनको कारबाही अघि नबढाउन माग गरे ।

त्यसपछि विपक्षीहरूले उठेर विरोध जनाएपछि सभामुख सुवास नेम्वाङले वैठक २५ जेठसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>