समाचारबिहीबार, जेठ २२, २०७१

प्रधानमन्त्री कोइराला चीन प्रस्थान

हिमालखबर

चीन जान लागेका प्रधानमन्त्री सुशील कोइरालालाई विमानस्थलमा विदाइ गर्दै मन्त्रीहरु । तस्वीर: रासस

चीनको विशेष विमानबाट ३६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री सुशील कोइराला २२ जेठ विहान १० बजे चीनको युनान प्रान्तको कुनमिङ प्रस्थान गरेका छन्।

कोइराला नेतृत्वको टोलीलाई चीन लैजाने र ल्याउने ब्यवस्था युनान प्रान्तले मिलाएको हो। कोइराला चीन भ्रमण गरी २३ जेठ साँझ ६ बजे काठमाडौ आइपुग्नेन परराष्ट्र मन्त्रालयले जनाएको छ।

कोइराला कुनमिङमा जेठ २३ देखि २७ सम्म चल्ने ‘दोस्रो चाइना साउथ एशिया एक्सपोजिसन र २२औँ चाइना कुन्मिन इम्पोर्ट एक्सपोर्ट कमोडिटिज फेयर’ मा विशेष अतिथिको रूपमा सहभागी हुने छन्।

कोइरालाले एक्सपोमा नेपाली पेभिलियन उदघाटन गर्नेछन। उक्त एक्स्पोमा यसपटकको थिम ‘कन्ट्री नेपाल’ भएकाले तथा युनान प्रान्तका गभर्नरको निमन्त्रणा आएकोले कोइराला कुनमिङ गएका हुन् ।

कोइरालाको भ्रमणदलमा बाणिज्यमन्त्री सुनील थापा, दसजना सभासद, तीनजना नेता, दुई सुरक्षाकर्मी, पाँच पत्रकार, सरकारका तीन सचिव, तीन सहसचिव, तीन उपसचिव, राजदूत, चार अधिकृत, प्रधानमन्त्रीका सल्लाहकार दुई, प्रधानमन्त्रीका सहयोगी लगायत र छन्।

२ दिने भ्रमणका क्रममा प्रधानमन्त्री कोइरालाले चीनका उपविदेशमन्त्री तथा त्यहाँका गभर्नर लगायतसँग आपसी हितका विषयमा छलफल गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । टोलीमा विभिन्न दलका सभासद, परराष्ट्र मन्त्रालयका अधिकारी, पत्रकारलगायत सहभागी हुनेछन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।

यस्तो छ प्रधानमन्त्रीको टोली
सुशिल कोइराला- प्रधानमन्त्री

राजाराम स्याङ्तान- सभासद

राधादेवी तिम्सिना- सभासद

डा चन्द्रमोहन यादव- सभासद

चन्द्रप्रकाश मैनाली- सभासद

रुक्मिणी चौधरी- सभासद

रामजनम चौधरी- सभासद

अभिषेकप्रताप शाह- सभासद

हरिचरण शाह- सभासद

भाष्कर भद्रा- सभासद

रमेश लामा- सभासद

पोष्टबहादुर- बोगटी सभासद

बाचस्पति- देवकोटा सभासद

अनिल झा- नेता

अनिता यादव

चिरञ्जिवी नेपाल- प्रधानमन्त्रीका आर्थिक सल्लाहकार

डा पोषराज पाण्डे- अर्थविद

महेश जाजु- उद्योगी

बसन्त गौतम- प्रधानमन्त्रीका स्वकीय सचिव

कृष्णहरि बास्कोटा- प्रधानमन्त्री कार्यालयका सचिव

शंकरदास वैरागी- परराष्ट्र मन्त्रालयका सचिव

अम्बिकादेबि लुईंटेल- परराष्ट्र मन्त्रालयका सहसचिव

कालीप्रसाद पोखरेल- शिष्टाचार महापाल

रीता धिताल- परराष्ट्र मन्त्रालय

पुरुषेत्तम ढुंगेल- शिष्टाचार अधिकृत

लेफ्टिनेण्ट कर्नेल प्रकाश देउजा- सुरक्षा अधिकारी

महेन्द्र मरासिनी- सुरक्षा अधिकारी

रमेश तुफान- पत्रकार

निराजन खनाल- पत्रकार

अरबिन्द आचार्य- पत्रकार

बल्लभमणी दाहाल- पत्रकार

ऋषि धमला- पत्रकार

चीनबाट भ्रमण टोलीमा सहभागि हुनेहरु:

महेशकुमार मास्के- चीनका लागि नेपाली राजदुत

रामप्रसाद सुवेदी- काउन्सिलर

श्रीकुमार राई- दुतावासका प्रतिनिधि

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>