समाचारबिहीबार, जेठ २२, २०७१

सप्तरीमा व्यापारी दम्पतीको हत्या

हिमालखबर

सप्तरीको हनुमाननगर–५ का व्यापारी प्रेम जैन र उनकी पत्नी सरोदेवीको २१ जेठ राति घरमै हत्या भएको प्रहरीले जनाएको छ । राति नै भएको हत्या घटना बारे छिमेकीहरुले २२ जेठ बिहान ११ बजेमात्रै थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

व्यापारी जैन दम्पतीको धारिलो हतियार प्रहारबाट हत्या भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुका दुबै छोरा भारतको बैंगलोरमा अध्ययनरत रहेकाले जैन दम्पती एक्लै घरमा बस्दै आएका थिए । छिमेकीहरुका अनुसार घरबाट धेरै सामान लुटपाट समेत भएको छ ।

हत्याको विरोधमा स्थानीय व्यापारीहरुले हनुमाननगर बजार पूरै बन्द गराएका छन् ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>