थप समाचारशुक्रबार, जेठ २३, २०७१
बाघको आक्रमणबाट एकको मृत्यु
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ कुरमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको हो । घरमै आएर २२ जेठ राति बाघले आक्रमण गर्दा ७ वर्षीय बालक सुरेश भुसालको मृत्यु भएको हो ।
बाघले बालकलाई लगेपछि स्थानीयबासिन्दा र प्रहरीले खोजि गर्दा घरभन्दा १ किलोमिटर तल जंगलमा शव फेला परेको थियो । बाघले बच्चालाई खाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।
अर्घाखाँचीमा पछिल्लो समयमा बाघले बच्चा खाने गरेको घटना धेरै हुन थालेको छ । केही समय पहिले किमडाँडामा एक जना र नुवाकोटमा दुई बच्चालाई बाघले खाएको थियो ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
