समाचारशुक्रबार, जेठ २३, २०७१
एमाले नेतृ साहाना प्रधान अस्पताल भर्ना
लामो समयदेखि बिरामी रहेकी नेतृ प्रधानलाई २३ जेठ बिहान अस्पताल भर्ना गरिएको हो । उनलाई राजधानीको बल्खुस्थित बयोधा अस्पतालको सीसीयू कक्षमा राखिएको छ ।
२२ जेठ रातिदेखि सिकिस्त भएपछि उनलाई अस्पताल भर्ना गरिएको उनका छोरा उमेशले जानकारी दिए । उनी लामो समयदेखि ओछ्यान परेकी उनी बोल्न र उठबस गर्न नसक्ने अवस्थामा थिइन् ।
