समाचारशुक्रबार, जेठ २३, २०७१
तीस अतिरिक्त न्यायाधीशलाई पुनः नियुक्ति
एकवर्षे कार्यकालका लागि नियुक्त भएका पुनरावेदन अदालतका ३० अतिरिक्त न्यायाधीशको सेवाको निरन्तरताका लागि न्यायपरिषदले सिफारिस गरेको परिषद्का निमित्त सचिव कृष्ण गिरीले जानकारी दिएका छन् ।
अघिल्लो वर्ष नियुक्त भई विभिन्न पुनरावेदन अदालतमा कार्यरत ३० जना अतिरिक्त न्यायाधीशको यही २६ जेठमा कार्यकाल पूरा हुँदै थियो ।
