समाचारशनिबार, जेठ २४, २०७१
सरकारका काम बारे दाहाल र ओलीबीच छलफल
२४ जेठ बिहान ओली निवास भक्तपुर बालकोट पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता केपी ओलीबीच सरकारका कामकारबाही, अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा प्रकरण, एमालेको आसन्न महाधिवेशनलगायतका विषयमा छलफल भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिएका छन् ।
ओली सरकारले गरेको रकमान्तर, सरकार गठन हुँदा भएको सहमतिको कार्यान्वयन नहुनुजस्ता कुरामा आफ्नो असन्तुष्टी प्रकट गरेका थिए ।
एक महिनाभन्दा बढी थाइल्यान्डको बैंङ्ककमा स्वास्थ्य उपचारपछि केही दिनअघिमात्रै नेपाल फर्किएका ओलीको स्वास्थ्य अवस्थाका बारे भेटमा अध्यक्ष दाहालले जानकारी लिँदै स्वास्थ्यलाभको कामनासमेत गरेका थिए ।
भेटमा ओलीले बजेट रकमान्तरलगायतका सरकारका पछिल्लो केही गतिविधिप्रति आफू असन्तुष्ट रहेको अध्यक्ष दाहाललाई बताएको खकुरेलले जानकारी दिए ।
