थप समाचारआइतबार, जेठ २५, २०७१
८१ महिलाको उद्दार
भारत लगायतका खाडी मुलुकमा जान लागेका ८१ महिलालाई उद्दार गरेको हो । उद्दार गरिएकालाई सम्बन्धित परिवारको जिम्मा लगाइएको माइती नेपालले जनाएको छ ।
पाँच महीनाको अवधिमा दुई घरेलु हिंसाका घटना र ४९ जना बेपत्तासम्बन्धी उजुरीबारे पनि आवश्यक पहल गरिरहेको माइती नेपाल दमकका प्रमुख गोविन्द घिमिरेले जानकारी दिए । उनका अनुसार बेपत्तामध्ये १० जना फेला परेका छन् ।
काँकटभिट्टा नाकाबाट भारत हुँदै विभिन्न देशमा अवैध रुपमा जान खोज्ने महिला तथा सरोकारवाला ४ हजार १६१ जनालाई परामर्श दिएको माइती नेपालले जनाएको छ । माइती नेपालले उनीहरुलाई वैदेशिक रोजगारीको नाममा हुने महिला हिंसाबारे परार्मश दिएको हो ।
रासस
