समाचारआइतबार, जेठ २५, २०७१

राप्रपामा थापा समूहद्वारा अध्यक्षमा राणा चयन

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को थापासमूहले डोकेको बैठकले पार्टीको नयाँ अध्यक्षमा पशुपतिशम्शेर राणालाई चयन गरेको छ ।

राष्ट्रिय जनशक्ति पार्टी (राजपा) र राप्रपाबीच एकता भएर राप्रपा गठन भएको थियो । एकताअधिवेशनमा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले एकएक वर्ष चक्रिय प्रणालीमा पार्टी नेतृत्व गर्ने सहमति भएको थियो ।

उक्त सहमति अनुसार ७ जेठमै थापाको अवधि समाप्त भइसक्दा पनि थापाले नछाडेपछि चन्दले आफूलाई अध्यक्ष घोषणा गरेका थिए । तर चन्दलाई नेतृत्व नदिन सूर्यबहादुर थापा र पशुपतिशम्शेर राणाबीच भएको गठबन्धनले राणालाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

थापा र राणा पक्षका ७५ केन्द्रीय सदस्यहरुको उपस्थितिमा भएको बैठक चन्द र लोहनी पक्षले भने अवैधानिक भन्दै बहिस्कार गरेको छ। उनीहरुले २६ जेठमा केन्द्रीय समितिको बैठक डाकेका छन् ।

संसद, संविधानसभा र पार्टीको जिम्मेवारी निर्वाह गर्न अफ्ठेरो र समयअभाव भएकोले आफूले राजीनामा दिएको थापाले बताएका छन्।

एकता अधिवेशनका बेलाको सहमति अनुसार चन्दलाई नेतृत्व सुम्पनुपर्ने भएपछि थापाले राणासँग साठगाठ गरेर यो तेस्रो विकल्प रोजेका हुन्।

पञ्चायतकै बेलादेखि एकआपसमा नमिल्ने चन्दसँगको इबी साध्न थापाले राणालाई अध्यक्ष बनाउने चाल चलेको चन्दपक्षको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>