समाचारमंगलबार, जेठ २७, २०७१
प्रधानमन्त्रीलाई फेरि क्यान्सर आशंका
आठ वर्षअघि जिब्रोमा क्यान्सरको संक्रमण भएपछि उपचार गराएका प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा पनि क्यान्सर सरेको आशंका चिकित्सकहरुले गरेको समाचार नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ ।
रोगको निदान र उपचारका लागि उनलाई छिट्टै अमेरिका लग्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
प्रधानमन्त्री कोइराला अस्वस्थ्य भएपछि पछिल्लो समय हरेक दिन चिकित्सहरुको अनुगमनमा छन् । २४ जेठमा उनलाई आँखाका चिकित्सक र २५ जेठमा जनरल फिजिसियनहरुले जाँच गरेका थिए ।
प्रारम्भिक परीक्षण अनुसार प्रधानमन्त्री कोइरालाको फोक्सोमा क्यान्सरको संक्रमण पुगेको छ ।
