समाचारमंगलबार, जेठ २७, २०७१

नेविसंघ नेता बस्नेत फेरि अवैध शिकारसहित पक्राउ

हिमालखबर

धादिङ थांक्रे– ३ रानीवारीमा रहेको सामुदायिक वनभित्र हतियारसहित प्रवेश गरेका नेविसंघ केन्द्रीय सदस्य शुभराम बस्नेतसहित ६ जनाको समूहले मृग मारेको जानकारी स्थानीयवाबासिन्दाले प्रहरीलाई दिएपछि घटनास्थल पुगेको प्रहरी र वन कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरुका साथाट एकथान टुटु म्याग्नम राइफल र १९ थान गोली पनि बरामद गरेको छ। बस्नेतसँगै पक्राउ पर्नेमा काठमाडौंका हरिश भण्डारी, रोशन खड्का, रमन राई, धनुषाका चन्द्र गदाइली र तनहुँका मदन थापा छन्।

इलाका वन कार्यालय खानीखोला र महादेवबेसी प्रहरी चौकीको संयुक्त टोलीले २६ जेठमा काठमाडौं आउंदै गरेको ना २ च ४०५७ नम्वरको निजी कारसहित बस्नेत समूहलाई नियन्त्रणमा लिएको हो ।

बस्नेत यसअघि पनि २१ फागुनमा काठमाडौंबाट हतियारसहित पक्राउ परेका थिए । उनले अवैध शिकार गरेको आशंकमा प्रहरीले अनुसन्धान थालेको थियो भने बस्नेतलाई रिहा गर्न माग गर्दै नेविसंघले आन्दोलन गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>