थप समाचारमंगलबार, जेठ २७, २०७१
गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
२६ जेठ साँझ करिब ७ बजे टाटामोबाइलले थिमि नगरपालिका–१४ चारदोबाटोमा ड्युटीमा रहेका प्रहरी हवल्दार कुमार बुढाथोकीलाई ठक्कर दिएपछि उपचारका क्रममा उनको मृत्यु भएको छ ।
बुढाथोकीलाई तत्कालै बी एन्ड बी अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनको राति मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीले जानकारी दिएको छ ।
प्रहरीले टाटामोबाइलका चालक भक्तपुर दुवाकोटका १९ वर्षीय विकास श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
६ लेनको सडकमा तीव्र गतिमा आएको टाटामोबाइल ठक्कर दिएपछि फनक्कै घुमेर आएकै दिशातिर फर्किएको थियो ।
रासस
