समाचारसोमबार, भाद्र २५, २०६९
सेनाले बहुदलीय लोकतान्त्रिक पद्धतिको अक्षरश अनुशरण गर्छ: प्रधानसेनापति
सेनाको नेतृत्व सम्हालेपछि नेपाली सेनाका सकल दर्जालाई २५ भदौमा दिएको मन्तब्यमा सेनापति जबराले सेनाको अराजनीतिक र व्यावसायिक चरित्रलाई अझ उन्नत स्तरमा विकसित गर्दै लैजाने बताएका हुन । सेनाभित्र दक्षतामा आधारित वृत्तिविकास प्रणालीको विकास गरिने चेन अफ कमाण्डलाई चुस्त र प्रभावकारी बनाउँदै सबै खाले चाकरी र चाप्लुसी निमिट्यान्न पार्ने र भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने सेनापतिले घोषणा गरे । सिपाहीहरुलाई संगठनका मेरुदण्ड भन्दै उनले तिनको कल्याणकारी कार्यलाई विशेष महत्व दिने बताएका छन् ।
सिपाहीहरुको समस्या बुझ्न आफूले दुर्गमका व्यारेकबाट अध्ययन भ्रमण शुरु गर्ने र त्यहाँबाट आएका सुझाबका आधारमा सुधारका योजना ल्याइने समेत स्पष्ट पारेका छन् । सैनिक कल्याणकारी कामका निम्ति राणाले नयाँ घोषणा गरेका छन् । उनले भने, ‘सैनिक कल्याणकारी कार्यमा नेपाल सरकारको समेत दायित्वबोध गराउन आवश्यक प्रयासलाई निरन्तरता दिइनेछ ।’
मन्तब्यको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।
रामेश्वर बोहरा
