थप समाचारमंगलबार, जेठ २७, २०७१
सिंहदरबार अगाडि बस दुर्घटना
काठमाडौँको पुनारो बसपार्कबाट बनेपा–धुलिखेलका लागि छुटेको बा१ख ६७३९ नं को बस दिउँसो १२ः१५ बजे सिंहदरबार पश्चिम ढोका अगाडि सडकमा पल्टिंदा ९ जना यात्रु घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि वीर अस्पतालमा पठाइएको घटनास्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक लोकबहादुर बुढाथोकीले जानकारी दिए ।

