समाचारसोमबार, भाद्र २५, २०६९
आन्दोलन चर्काउन जनवर्गीय संगठनलाई एमालेको निर्देशन
पार्टी मोर्चा संगठनका पदाधिकारीलाई २५ भदौमा बल्खुमा एमाले अध्यक्ष झलनाथ खनालले आन्दोलन चर्काउने तयारी थाल्न निर्देशन दिएका हुन । खनालले भने, ‘अब राजनीतिक निकासको एक मात्र विकल्प भनेकै जनआन्दोलन हो । त्यसैले त्यस्को तयारीमा लाग्नुस् ।’
वार्ताको विकल्प नभए पनि अब वार्ताबाट मात्रै समस्या समाधान हुने नदेखिएकाले आन्दोलनमा जानुपर्ने अध्यक्ष खनालको ठहर छ । वार्तामा माओवादी सकारात्मक नदेखिएकोले भदौभित्र सहमति हुने कुनै संभावना नदेखिएको उनले बताए । खनालले एमाओवादी समय लम्ब्याउने र सरकार टिकाईराख्ने षडयन्त्रमा रहेको दावी गरे ।
