थप समाचारबुधबार, जेठ २८, २०७१

संंविधानसभामा धर्म परिवर्तनबारे बहस

हिमालखबर

तस्वीर: बिक्रम राई

नेपाली कांग्रेस नेता तथा सभासद गोपालमान श्रेष्ठले आर्थिक प्रलोभन देखाएर धर्म परिवर्तन गराउन नपाइने बताए । तात्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमति र असहमतिका विषयहरुको निक्र्यौल सम्बन्धी प्रतिवेदन र त्यससँग सम्बन्धीत पूरक प्रतिवेदन माथिको छलफलका क्रममा श्रेष्ठले यस्तो धारणा राखेका हुन ।

यस्तै सभासद कमल थापाले पनि विगत केही वर्षदेखि नेपालमा योजनाबद्ध तरिकाले धर्मपरिवर्तनको श्रृंखला बढेको बताए । राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले लोभ–लालच, डर, त्रास र भ्रम सिर्जना गरी धर्म परिवर्तन गर्नेलाई दण्ड गर्ने प्रावधान राख्नुपर्ने धारणा राखे ।

सभासद हरिबोल गजुरेलले सम्पत्तिको हद तोकिनु पर्ने बताए । उनले सामन्ती र धनाढ्य व्यक्तिको जग्गालाई नै हदबन्दी लगाई अधिग्रहण गरिने हुँदा मुआब्जा दिनु नपर्ने व्यवस्था राखिनु पर्नेमा जोड दिए ।

समितिको प्रतिवेदनमाथि छलफल प्रारम्भ अघि संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिका सभापति विष्णु पौडेलको तर्फबाट समिति सदस्य मिनबहादुर विश्वकर्माले २७ जेठबाट शुरु मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा छुट भएको ‘सम्मानपूर्वक बाँच्ने पाउने अधिकार तथा कुनै पनि कसुरमा मृत्यु दण्ड दिइने छैन’ भन्ने कुरा उल्लेखित पुरक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>