थप समाचारबुधबार, जेठ २८, २०७१

इराकः पाँचलाख नागरिक विस्थापित, शहर विद्रोहीकै कब्जामा

हिमालखबर

इराकको मोसुलमा हिंसा बढेपछि विस्थापित हुँदै स्थानीय । तस्वीर: एपी

मंगलबार इराकको मोसुल शहरलाई सशस्त्र विद्रोहीहरुले नियन्त्रणमा लिएपछि इराकी सरकारले त्यहाँ थप थप हिंसाको खतरा रहेको बताएको छ ।

मोसुलमा शुक्रबारदेखिसुरक्षाकर्मी र बिद्रोहीबीच झडप भएको थियो ।

सयौंको सङ्ख्यामा रहेका हतियारधारीले रकेट, ग्रिनेडलगायत प्रयोग गरेको बताइएको छ । उनीहरुले प्रान्तीय सरकार प्रमुखको कार्यालयलाई कब्जा गरेका छन् ।

शहर हिंसा बढ्दै गएपछि मोसुलका ५ लाख वासिन्दा भागेर अन्यत्रै गएका छन् ।

इराकी राजधानी बग्दाददेखि ४०० किलोमिटर उत्तरमा पर्ने मोसुल सशस्त्र आतङ्ककारी समूहले नियन्त्रणमा लिएको भन्दै इराकी प्रधानमन्त्रीले इराकमा सङ्कटकालीन अवस्थाको घोषणा गर्नुपर्ने माग गर्दै संसदमा प्रस्ताव पेश गरेका छन् ।

प्रहरी स्रोतले शहर विद्रोहीको कब्जामा पुगेपछि त्यहाँ सशस्त्र समूहले आफ्ना सदस्यको सङ्ख्या बढाइरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन समूहका अधिकारीहरुले इराकी नागरिक भाग्ने क्रम अझै जारी रहेको भन्दै यसका कारण थप समस्या आउने चेतावनी दिएका छन् ।

मोसुलमा प्रान्तीय राजधानी निनवेहका सुन्नी समूदायसँग आबद्ध आतङ्ककारीको बलियो प्रभाब रहेको बताइन्छ ।

सिन्ह्वा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>