समाचारबुधबार, जेठ २८, २०७१

इराकी शहर मोसुलपछि तिकरितमा विद्रोही आक्रमण

हिमालखबर

गत शुक्रबारदेखि मोसुलमा आक्रमण शुरु गरेका चरमपन्थी विद्रोहीहरुले बुधबार शहरलाई पूर्ण नियन्त्रणमा लिएका थिए भने अब उनीहरुले अर्को शहर तिकरितमा कब्जाको प्रयास थालेका छन् । तिकरित पूर्व शासक सद्दाम हुसैनको गृह नगर हो जुन राजधानी वगदादभन्दा भन्दा १५० किलोमिटर उत्तरमा अवस्थित छ ।

इराक़ी प्रधानमन्त्री नूरी अल मलिकीले विद्रोहीलाई साथ दिनेहरुलाई कारवाही गरिने चेतावनी दिएका छन् ।

चरमपन्थी विद्रोहीहरु इस्लामिक स्टेट अफ इराक र लेवेन्ट (आइएसआइएस) सम्बद्ध भएको बीबीसीले जनाएको छ जस्को सम्बन्ध अल कायदासँग रहेको मानिन्छ । पूर्वी सिरिया र पश्चिमी तथा केन्द्रीय इराकका धेरै क्षेत्र यसै संगठनको नियन्त्रणमा छन् ।

मोसुलका सरकारी कर्मचारीहरुले शहरमा अराजक स्थिति रहेको र आफूहरु लुकेर बस्नु परेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
शहरका कैयौं प्रहरी कार्यालयमा आगो लागेको छ भने सयौं कैदीहरुलाई कैदमुक्त गरिएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार त्यहाँ रहेको सेनाका जवानहरुले हथियार छोडेका छन्, आफ्नो पोशाक फेरेका छन् र शहरबाट पलायन भएका छन् । इराकी सुरक्षा बल आइएसआइएसका विरुद्ध लड्न असमर्थ भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आइएसआइएसका केही चरमपन्थीहरुले नजिकको शहरमा पसेर अदालत र प्रहरी कार्यालय जलाएको र कैदीहरुलाई रिहा गरेको जनाएको छ ।

लाखौं इराकी नागरिकहरु छिमेकी कुर्दिस्तानतर्फ लागेका छन् । कुर्दिस्तानका प्रधानमंत्री नचोरविन बारज़ानीले राष्ट्र संघीय शरणार्थी संस्थासँग सहयोगका लागि अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>