समाचारमंगलबार, भाद्र २६, २०६९

बस दुर्घटनामा ३० जनाको मृत्यु

हिमालखबर

कुल ५३ यात्रु सवार सो बस मान्मदेखि २० किलोमिटर टाढा पाँखा गाविसको विर्तामोडनजिक सडकबाट २०० मिटर तल तिला नदीमा खसेको थियो । दुर्घटनामा ११ जना गम्भीर घाइते भएका छन् भने मृतकको सङ्ख्या बढ्न सक्ने मान्मका ट्राफिक हवल्दार सुदन पन्तले बताए । स्थानीय नागरिक, प्रहरी र सेनाको सहयोगमा घाइतेको उद्धार भइरहेको र उनीहरूलाई मान्मस्थित  अस्पताल पुर्याउने काम भइरहेको छ ।

प्रत्यक्षदर्शी लव ढकालका अनुसार बस दुर्घटनामा हराइरहेका अन्य यात्रुको पनि नदीमा खोजतलास भइरहेको छ । दुर्घटनामा बसचालक भीमदत्त कुँवरको मृत्यु भएको छ भने अन्य मृतक र घाइतेको नाम, ठेगाना अभैm यकिन हुन नसकेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>