समाचारमंगलबार, भाद्र २६, २०६९
एमाओवादीलाई आतङ्ककारीको सूचीबाट हटाइएको औपचारिक जानकारी
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा एमाओवादीलाई अमेरिकाले केही दिन अगाडि आतङ्ककारीको सूचीबाट हटाएकामा खुसी व्यक्त गरेका थिए । सहायकमन्त्री ब्लेकले नेपाल र अमेरिकाबीचको सम्बन्ध अब नयाँ आधारमा अगाडि बढ्ने विश्वास व्यक्त गरेको जानकारी अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले दिए ।
सहायकमन्त्री ब्लेकले नेपालमा जारी राजनीतिक सङ्कटको समाधानका विषयमा चासो राख्दा अध्यक्ष दाहालले दलहरुकै बीचमा सहमति कायम गरेर वर्तमान राजनीतिक सङ्कटको समाधानका आफ्नो दल लागिपरेको जानकारी गराएका थिए । “केही सातामै राजनीतिक दलहरु सहमतिमा आउने र त्यसका लागि आफ्नो पार्टी लागिपरेको छ, सहमति गर्नाको विकल्प छैन”, उनले भनेका थिए ।
सहायकमन्त्री ब्लेकले सहमतिबाटै अगाडि बढ्न आग्रह गर्दै नेपालको राजनीतिलाई सही दिशामा लैजानका लागि एमाओवादी) र त्यसका अध्यक्ष नै प्रमुख जिम्मेवार रहेको समेत विश्वास व्यक्त गरेका थिए । साथै सहायकमन्त्री ब्लेकले नेपालको विकासमा सहयोग गर्न अमेरिका सरकार तयार रहेको जानकारी गराएका थिए । रासस
