समाचारबिहीबार, जेठ २९, २०७१
नरभक्षी चितुवा मारियो
अर्घाखाँचीको सन्धिखर्क–१ बागी खोलामा प्रहरी नायब उपरीक्षक दिपेन्द्र जिसीको कमाण्डमा खटिएको टोलीले गोली हानी चितुवा मारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
साढे १७ केजी तौल र ४ फिट ३ इन्च लम्बाई भएको चितुवामाथि तीन राउण्ड गोली प्रहार भएको प्रहरी नायब उपरीक्षक जिसिले बताए ।
एक वर्षयता अर्घाखाँचीको नुवाकोटका २ , किमडाँडाका १ र सन्धिखर्कका १ गरी ४ जना बालकलाई बाघले खाएपछि प्रहरीले नरभक्षी बाघको खोजी गरिरहेको थियो ।
चितुवा मारिएको खबर पाएपछि स्थानीय बासिन्दा हर्षित भए पनि केहीले भने नरभक्षी चितुवा अर्कै भएको दाबी गरेका छन् ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
