समाचारमंगलबार, भाद्र २६, २०६९

एमाओवादीको विश्वास गर्न सकिँदैन: कोइराला

हिमालखबर

नेपाल प्रेस युनियन पर्वतले २६ भदौमा सदरमुकाम कुस्माबजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले भने ‘बाह्रबुँदे सहमतिबाट सुरु भएको माओवादीसँगको यात्रामा हरेक पटक धोका पाएकाले उसको विश्वास गर्न सकिँदैन ।’ सभापति कोइरालाले सहमति गरेर देशलाई समाधान दिने हो भने डा बाबुराम भट्टराईले तत्काल सत्ता छाड्नुपर्ने बताए ।

‘अबको सहमतिको सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने भएकाले’ नेतृत्वमा कुनै समस्या नभएको कोइरालाले बताए । उनले भने “नेपाली काँग्रेसमा नेतृत्वको कसले गर्ने भन्ने कुनै समस्या छैन । डा भट्टराईले राजीनामा दिए एक घन्टामै नेतृत्व तयार हुन्छ ।” नेपाली काँग्रेसमा भएका सबै विवाद समाधान भइसकेको र अन्य विवाद पनि हल हुँदै जाने भएकाले सरकारको नेतृत्वमा कुनै विवाद नभएको उनको भनाइ थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>