थप समाचारबिहीबार, जेठ २९, २०७१
शिक्षा मन्त्रालयका उपसचिव भट्टराईविरुद्ध मुद्दा दायर
शिक्षा मन्त्रालयका उपसचिव बेणीमाधव भट्टराईले धेरै व्यक्तिहरुसँग नेपाल तथा भारतका बिभिन्न शिक्षण संस्थाहरुमा मेडिकल साइन्स, इञ्जिनियरिङ लगायतका विषयमा प्रवेश परीक्षा उत्तिर्ण गराई भर्ना गराईदिने भन्दै करोडौं रूपैयाँ उठाई पदको दुरूपयोग एवं भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उपसचिव भट्टराईले विभिन्न ५७ जना व्यक्तिहरूबाट रु. ४ करोड ५० लाख भन्दा बढी रकम घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।
त्यसैगरी राराब क्याम्पस जनकपुरका सह– प्राध्यापक बिनोदकुमार मिश्र र त्रिभुवन विश्वविद्यालय बिज्ञान तथा प्रबिधि संकायका उप–प्राध्यापक मनोज मिश्रले अन्य व्यक्तिहरुबाट समेत रु. २६ लाख ७२ हजार घुस लिएको पुष्टि हुन आएकोले उनीहरु विरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
भट्टराईको हकमा बिगो रु। ४ करोड ५० लाख, बिनोद कुमार मिश्र र मनोज मिश्रको हकमा जनही बिगो रु। ४ करोड ७६ लाख कायम गरी सजायको माग गरिएको छ भने उनीहरुका परीवारका सदस्यलाई पनि विपक्षी बनाइएको छ ।
