समाचारबिहीबार, जेठ २९, २०७१

एमालेमा पदाधिकारी संख्या १५ बनाउने प्रस्ताव

हिमालखबर

नेकपा एमालेले पदाधिकारी संख्या बढाएर १५ बनाउने गरी विधान संशोधन प्रस्ताव गरेको हो । विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन गठित झलनाथ खनाल संयोजकत्वको कार्यदलले टुंंग्याएको प्रस्तावमा अध्यक्ष एक, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव २, सचिव ५, वरिष्ठ नेता एक रहने व्यवस्था छ ।

एमालेमा अहिले अध्यक्ष एक, महासचिव एक, उपाध्यक्ष ३ र तीन सचिवको व्यवस्था छ । यसअघि कोषाध्यक्ष पनि हुनुपर्ने प्रस्ताव गरिए पनि कार्यदलले यो पद नराख्ने सहमति गरेको हो ।

कार्यदलले ११५ पूर्ण केन्द्रीय सदस्य र ३४ वैकल्पिक गरी १४९ सदस्यीय केन्द्रीय कमिटी हुने प्रस्ताव गरेको छ । अहिले एमालेमा ११५ सदस्यीय केन्द्रीय कमिटी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>