समाचारशुक्रबार, जेठ ३०, २०७१

प्रम कोइराला ३ असारमा अमेरिका जाने

हिमालखबर

आठ वर्षअघि जिब्रोमा क्यान्सर देखिएपछि अमेरिकामा उपचार गराएका प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्योपचारका लागि प्रत्येक वर्ष अमेरिका जाने गरेका छन् । यसपटक उनको फोक्सोमा दाग देखिएको चिकित्सकको भनाई छ ।

२९ जेठमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण तय गरी स्वास्थ्य उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । कोइरालाको स्वास्थ्य परीक्षणका लागि अमेरिकामा चिकित्सक सँग ५ असार (१९ जुन)को समय निर्धारण भइसकेको छ ।

प्रमका चिकित्सकको आग्रह: गोपनीयतामा संवेदनशिल भइदिनुस

त्यसैगरी, बैठकले पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले नेत्री सहाना प्रधानको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको अध्यक्षमा कुलचन्द्र वाग्ले र गोरखापत्र संस्थानको अध्यक्षमा रमेश तूफानलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सरकारले प्रधानमन्त्री कोइरालाको प्रशासनिक सल्लाहकारमा बाबुराम आचार्य, हेटाँैडा सिमेन्ट उद्योग लिमिटेड सञ्चालक समितिको अध्यक्षमा श्रीधरकुमार पोखरेल, उदयपुर सिमेन्ट कारखाना सञ्चालक समितिको अध्यक्षमा विमल कार्की, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको अध्यक्षमा दयालबहादुर शाहीलाई र घरेलु तथा साना उद्योग विकास समिति सञ्चालक समितिको अध्यक्षमा जगन्नाथ नेपाललाई दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिका सदस्य अशोकनाथ उप्रेतीको कार्यकाल समाप्त भएको मितिले अर्को दुई वर्ष म्याद थप्ने निर्णय गर्नुका साथै राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूमा लामा टेन्डी शेर्पा, सुरेन्द्र हमाल र शकुन्तला नगरकोटीलाई नियुक्त गर्ने निर्णय गरेको पनि रिजालले बताए ।

त्यसैगरी सरकारले राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रणिता उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>