थप समाचारशुक्रबार, जेठ ३०, २०७१
नक्कली प्रमाणपत्र पेश गर्ने आयल निगमका प्रबन्धकविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल आयल निगममा बढुवा भएको भन्दै निगमका प्रवन्धक (आठौं तह) प्रकाशकुमार श्रीवास्तवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० जेठमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार निगमको प्रबन्धक (आठौँ तह) मा कार्यरत श्रीवास्तवले बढुवा प्रयोजनका लागि पेस गरेको भारत विहार इन्टरमिडियट शिक्षा परिषद्बाट आइएस्सी परीक्षा उत्तीर्ण गरेको भन्ने प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको छ ।
अभियुक्त श्रीवास्तवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम हदैसम्मको दण्ड सजायको माग दाबी गरिएको छ ।
रासस
