थप समाचारशुक्रबार, जेठ ३०, २०७१

दुई बालिका बलात्कार गर्ने पक्राउ

हिमालखबर

काभ्रे उग्रचण्डी नाला गाविस–५ माझगाउँका २५ वर्षीय नेकपा–माओवादी कार्यकर्ता दिनेश बजगाईंले झण्डै एक साताअघि दुई बालिकालाई घरमा टिभी हेर्न बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी सहायक निरीक्षक प्रमोद बोहोराले जानकारी दिएका छन् ।

बलात्कारपछि फरार बजगार्इंलाई प्रहरीले ३० जेठमा उनकै घरबाट पक्राउ गरेको छ ।

फरार बजगाईंलार्ई गाउँमै घटना मिलाउने भन्दै स्थानीयवासीले हिजो राति बोलाएको र सोही मौकामा प्रहरीले पक्राउ गरेको थियो ।

काका नाता पर्ने दुई दाजुभाईका ७ र ८ वर्षका दुई छोरीलाई बजगाईंले २४ जेठमा नुहाएर आउँदै गर्दा घरमा टिभी हेर्न बोलाएर बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी सहायक निरीक्षक प्रमोद बोहोराले पीडित नाबालिकाको स्वास्थ्य परीक्षण र आरोपितको बयान लिएर तत्काल जर्बजस्ती करणी मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>