समाचारशुक्रबार, जेठ ३०, २०७१

स्वच्छ प्रतिस्पर्धामा उत्रिन वरिष्ठ नेता नेपालको आग्रह

हिमालखबर

नेकपा एमाले दोलखा–काठमाडौँ सम्पर्क मञ्चले ३० जेठमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशनको सन्दर्भमा भने, “ मैले प्रतिस्पर्धीको सधैं सम्मान गर्छु र प्रतिस्पर्धीले पनि अनावश्यक टीकाटिप्पणी गर्न हुँदैन, स्वच्छ प्रतिस्पर्धा हुनपर्छ ।”

आगामी महाधिवेशनमा अध्यक्ष पदका दावेदार नेता नेपालले पार्टीमा वैचारिक र सङ्गठनात्मक हिसाबले मुलुक र पार्टी दुवै हाँक्न सक्ने नेतृत्व नवौं महाधिवेशनबाट आउनुपर्ने बताए ।

उनले पार्टीका नव पिँढीको चाहनामा आफू चुनावी प्रतिस्पर्धामा उत्रेको दाबी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>